काठमाडौं– गायक तुलाधर दर्नालको 'मन मेरो चोरी' आधुनिक गीत सार्वजनिक गरिएको छ। युट्युवमार्फत सार्वजनिक गरिएको गीतको संगित गायक तुलाधरले नै भरेका छन्। गीतको रचना रमेश संयोग श्रेष्ठले गरेका छन् भने संगीत संयोजना विजेश्वर तुन्डुकारको रहेको छ।
यसअघि तुलाधरको पहिलो एल्बम समर्पणमा समावेश गरिएको 'बीचै नदिमा तिमीले' बोलको गीतले संगितप्रेमीको मन जितेको थियो। यस्तै मेरो मुटु तिमीपनि लोकप्रिय बनेको थियो।
विगत एक दशकदेखि नेपाली सांगितीक क्षेत्रमा रहेका मोरङ शनिश्चरेका तुलाधरले पछिल्लो गीतले दर्शक स्रोताको मन जित्ने विश्वास गरेका छन्।
गीतको भिडियोमा जेनेलिया र मिलन अभिनय गरेका छन्। भिडियो निकेश महर्जनले खिँचेका हुन् भने सम्पादन उत्तर रानामगर गरेका छन्। गीतको निर्देशन माधव अधिकारीले गरेका छन्।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।