नेपालगन्ज– बाँकेको कोहलपुरमा शुक्रबारदेखि कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव सुरु भएको छ।
कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सूचना–प्रविधि, कृषि, अटो, जडिबुटी, महिला उद्यमी लगायतका गरी तीन सय स्टल छन्। करिब ३ लाख दर्शकले अवलोकन गर्ने र महोत्सव अवधिभर करिब ६ करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ। महोत्सवबाट ८९ लाख रकम बचत गर्ने लक्ष्य लिइएको छ।
संकलन हुने आर्थिक स्रोतले कोहलपुर उद्योग वाणिज्य संघको आधुनिक भवन बनाउने महोत्सव मूल समारोह समितिका संयोजक चक्रबहादुर अधिकारीले जानकारी दिए।
महोत्सव उद्घाटन समारोहमा बाँकेका जनप्रतिनिधिहरुले बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज र कैलाश मानसरोवर जाने प्रवेशद्वारका कारण कोहलपुरमा पर्यटन उद्योगको प्रचुर सम्भावना रहेकाले त्यसका लागि आवश्यक पूर्वाधार बनाउन सामूहिक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
महोत्सव फागुन ८ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।