नयाँ दिल्ली (एजेन्सी)– ‘टाइगर जिन्दा हे’ ले भारत र विश्वका अन्य बजारमा राम्रो कमाई गरेपछि अब रुसमा रिलिज हुने भएको छ। रुसमा १५ फेब्रुअरीमा रिलिज हुन लागेको फिल्मको रुसी भाषाको पोस्टर पनि सार्वजनिक भइसकेको छ।
रुसमा मात्र यो फिल्म ७० स्क्रिनमा रिलिज हुँदैछ। सलमानका लागि यो साता निकै राम्रो छ। उनको ‘बजरंगी भाइजान’ पनि २ मार्चदेखि चीनमा रिलिज हुँदैछ। यसले सलमानको कमाई थपिने पक्का छ।
फिल्म व्यापार विशेषत्र तरण आदर्शका अनुसार ‘टाइगर जिन्दा हे’ ले सातौ हप्तामा पनि ८७ लाख भारु कमाई गरेको छ। छैटौं हप्तामा २ दशमलव ६३ करोड कमाई भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।