काठमाडौं– फागुन ११ बाट नेपालमा सार्वजनिक हुन लागेको फिल्म ‘पञ्चेबाजा’ को दोस्रो गीत सार्वजनिक भएको छ। गीतमा अभिनेता कर्मा शाक्य, सौगात मल्ल र जस्मिन श्रेष्ठलाई दृश्यांकन गरिएको छ।
रिलिज मिति नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्र पारेको फिल्मको यस गीतमा राहुल विश्वासको स्वर सुन्न सकिन्छ। गीतमा सविन एकतारेको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ।
यसअघि पहिलो गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको फिल्ममा सौगात, कर्मा, जस्मिनसँगै बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला, युवराज भण्डारीलगायत कालाकारले अभिनय गरेका छन्। फिल्म घनश्याम लामिछानेको निर्देशन र राजेश शाहीको लगानीमा बन्न लगोको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।