काठमाडौं- नेपाल, बर्मा र थाइल्यान्डको सम्बन्ध विस्तारमा सहयोग पुर्याउने गरी तयार पारिएको आनन्द कार्कीको नयाँ गीत बजारमा आउने भएको छ। यसै हप्ता रेकर्ड गरिएको 'नेपाली माया' बोलको गीतले रेकर्डअघि नै थाइल्यान्डमा निकै चर्चा कमाइसकेको छ। कार्कीले थाइल्यान्डका विभिन्न कार्यक्रममा उक्त गीत प्रस्तुत गरिसकेका छन्।
बर्मामा रहेका एक नेपाली नागरिकले थाइल्यान्डमा गरेको संघर्ष र राष्ट्रप्रेमको भावमा हरिभक्त बुढाथोकीका शब्दमा कार्कीले स्वर भरेका हुन्। गीतमा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत छ।
त्रिदेशीय सम्बन्ध र नेपालीपन बोकेको गीतमाथि बर्मामा छायांकन गरी भिडियो बनाउने तयारी भइरहेको गायक कार्कीले बताए।
कार्कीसहितको सांगीतिक टोली यतिबेला थाइल्यान्ड तथा बर्मामा हुने विभिन्न कार्यक्रममा व्यस्त छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।