काठमाडौं– सार्वजनिक यातायातमा युवतीमाथि यौन दुर्व्यबहार गरेको आरोपमा पूर्वसांसद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन्।
मंगलबार ५ हजार धरौटी तिरेर पूर्वसांसद घिसिङ रिहा भएको महानगरीय प्रहरी परिसर ललितपुरका मुद्दा फाँटका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
कलेज पढ्ने एक युवतीमाथि ललितपुरमा सार्वजनिक बसमा यौन दुर्व्यबहार गरेको आरोपमा घिसिङ गत भदौ २३ गते पक्राउ परेका थिए।
प्रहरीले पीडित युवतीको जाहेरी लिएर घिसिङलाई अभद्र व्यवहारमा मुद्दा दायर गरेर ७ दिनको म्याद लिएर अनुसन्धान गरेको थियो।
घिसिङ माओवादी केन्द्रबाट ललितपुरबाट समानुपातिकमा सांसद भएका थिए।
याे पनि पढ्नुहाेस्
सार्वजनिक बसमा युवतीमाथि यौन दुर्व्यवहार, पूर्वसांसद योगेन्द्र घिसिङ पक्राउ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।