काठमाडौं- सोमबार रातिदेखि परेको पानीका कारण मौसम खराबीका कारण काभ्रे र रामेछापका विभिन्न स्थानमा आकस्मिक अवतरण गराइएका हेलिकोप्टर उडेका छन्।
सगरमाथा बेस क्याम्प र लुक्लामा ३ दिनदेखि अलपत्र परेका विदेशी पर्यटक बोकेर काठमाडौं आउँदै गरेका हेलिकोप्टरले विभिन्न ठाउँमा आकस्मिक अवतरण गरेका थिए। हाल ती हेलिकोप्टर उडेको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ। सबै हेलिकोप्टर काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइने बताइएको छ।
यसअघि संघका महासचिव योगेन्द्र कुमार कँडेलमा अनुसार मंगलबार दिउँसो एक बजेसम्म ८ वटा हेलिकोप्टर काठमाडौं आउन नसक्दा बीच बाटैमा आकस्मिक अवतरण गरिएको बताएका थिए। भने २ वटा हेलिकोप्टर भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए।
उनका अनुसार सिम्रिक एयरको एउटा हेलिकोप्टर खरीखोला, २ वटा बनेपा र एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएका थिए।
यसैगरी, अल्डिच्युड एयरको रोशीखोला, कैलाश एयरको धुलिखेल र श्री एयरको रामेछापमा अवतरण भएका थिए। कैलाश एयरको एउटा हेलिकोप्टर भने बिहान ८ः२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो।
साथै, मनाङ एयर र फिस्टेल एयरका एक/एक वटा हेलिकोप्टर भने बासामा रोकिएका थिए।
(तस्बिर- रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।