काठमाडौं– नेपाल व्यवस्थापन संघ (म्यान)ले आर्थिक बहस गर्ने भएको छ।
संघको ३७ औं राष्ट्रिय व्यवस्थापन अधिवेशनमा विभिन्न विषयमा बहस गर्न लागेको हो। संघले आगामी माघ २८ गते होटल याक एण्ड यतीमा अधिवेशनमा विभिन्न कार्यक्रम आयोजना गर्दै छ।
अधिवेशनको प्रथम चरणमा बिजनेस सेसन राखिएको छ। जसमा ‘संघीइ व्यवस्थामा सामाजिक–आर्थिक व्ययवस्थावन’ विषयमा प्रस्तुती तथा छलफल गर्न लागिएको छ।
सो विषयमा नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवाली र अर्थविद् जयन्द्र श्रेष्ठबाट लेखन, प्रस्तुती एवं छलफल हुनेछ।
सोही सत्रमा सन् २०१७ को व्यवस्थापन विकास सिंहावलोकनउपर छलफल तथा प्रस्तुती हुने भएको छ।
प्रा. डा. विजय केसी र डा. सुशील पन्त त्यससम्बन्धि कार्यपत्र पस्तुत गर्नेछन्। त्यस्तै अन्य विभिन्न विषयहरुमा प्रस्तुत र छलफल हुने म्यानले जनाएको छ।
अधिवेशनमा उत्कृष्ट व्यवस्थापनकहरुलाई अवार्ड दिने कायृक्रम समेत राखिएको छ।
व्यवस्थापन संघ २०३७ सालमा स्थापना भएको व्यवस्थापकहरुको छाता संस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।