काठमाडौं– गायक सूर्य विरही साउँदके नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘टालाटुली बाटुली' बोलको उक्त गीतमा अराज केशवले र्यांप हानेका छन् । नारी स्वर रश्मी रिजालको छ। गीतको म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । अभियनय शेर साउँद, करिश्मा ढकाल र करन साउँदको छ । म्यूजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन मिलन बिकले गरेका छन्।
गायक साउदका ‘सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन लाग्यो परदेश’, ‘नरो मेरी सुवा’, ‘प्रिति फूल सारी दे’, ‘बिन्ति शैलेश्वरी’, ‘बनमारा बनैभरी छ’, ‘तेरो मेरो माया बबाली’, ‘जन्मभुमिको माया’, ‘यो लोटाउनो रांगो’, लगायतका दर्जनौ गीत चर्चित छन् । बसिबियालो म्युजिक प्रा.लि.ले बजार ब्यबस्थापन गरेको गीतको शब्द रचना गायक सूर्य विरही साउँद, तिलक ओली र योगेश बुढाको हो । गीतमा संगीत गायक साउदकै रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।