जनकपुर- नेपालकै पुरानामध्येका एक नाट्य संस्था मिथिला नाट्यकला परिषद (मिनाप)लाई नाटक घर निर्माण गर्न सहयोगी विकाष बैंकले ५ लाख सहयोग गरेको छ। सोमबार बैंकले नाट्यकलाका प्रतिनिधिलाई सो रकम बराबरको चेक प्रदान गरेको हो।
बैंकले सामाजिक दायित्व भूमिका अन्तर्गत नाटक घर निर्माण गर्न मिनापलाई सहयोग गर्न बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्काले बताए।
बैंकको कार्यालयमा चेक हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै खड्काले मिनाप जस्तो पुरानो भाषा, कला, संस्कृति र नाट्य क्षेत्र जगर्ना गर्ने संस्थालाई सहयोग गर्न पाएकोमा गौरवान्वित भएको बताएका छन्।
चेक बुझ्दै मिनापका अध्यक्ष परमेश झाले आउने एक वर्ष भित्र २ कठा ५ धुरमा नाटक घर निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढेको बताए।
धनुषा र महोत्तरीलाई केन्द्र बनाएको सहयोगीका १४ ओटा शाखा संचालनमा छन्। बैंकले समाजिक कर्जा अन्तर्गत सहूलियत ब्याज दरमा शिक्षालगायतका सामाजिक कार्यक्रममा कर्जा लगानी आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।