काठमाडौं– केकी अधिकारी स्टारर फिल्म ‘हुर्रे’ को ट्रेलर सार्वजनिक भएको छ। फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रेम, मित्रता, वियोग, धोका र कमेडीलाई प्रस्तुत गरिएको छ।
यसअघि २ वटा गीत सार्वजनिक गरेको फिल्ममा अंकित खड्का, राजाराम पौडेल, विजय बराल लगायतका पुरुष पात्रसँग नायिका केकी अधिकारीको बहुआयामिक प्रेम रोमान्स देख्न सकिन्छ। ट्रेलरमा अहिलेका चर्चित संगीतकार राजनराज सिवाकोटी पनि देखिएका छन्।
यम थापाको लेखन र निर्देशनमा बनेको कमेडी जनराको फिल्मको सम्पादन चन्दन दत्तले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।