काठमाडौं– फिल्म ‘मंगलम’ को ट्रेलर सार्वजनिक भएको छ।
छविराज ओझाको निर्माण तथा नायिका शिल्पा पोखरेल स्टारर फिल्मको ट्रेलमा शिल्पाको प्रेममा पुष्प खड्का र पृथ्वीराज प्रसाइँको आकर्षण देखाइएको छ। यसका साथै रोदन, एक्सन तथा पारिवारिक कथा समेत प्रस्तुत गरिएको छ।
ट्रेलर अगाडि सार्वजनिक गरिएका फिल्मका दुई गीत ‘पर्ख पर्ख मायालु’ र ‘बम्पर उपहार’ बाट दर्शकमाझ प्रतीक्षित बनेको 'मंगलम' फागुन २५ बाट प्रदर्शनमा आउनेछ।
ट्रेलरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीलाई पनि देखाइएको छ। नवल नेपालद्वारा निर्देशित फिल्ममा मिथिला शर्मा, नीर शाह लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
गोविन्द फुँयालको कथामा बनेको फिल्मको छायांकन विष्णु घिमिरेले गरेका छन् भने दीपक शर्माले संगीत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।