नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनीत नयाँ फिल्म ‘परी’ को टिजर सार्वजनिक भएको छ। आफ्नै होम प्रोडक्सनमा निर्मित तेस्रो फिल्मको टिजरमा अनुष्का निकै फरक लुक्समा देखिएकी छिन्।
यो हरर फिल्ममा उनी डरलाग्दो हुलियामा प्रस्तुत भएकी छिन्।
अनुष्काको निर्माणमा यसअघि 'फिलौरी' र 'एनएच टेन' फिल्म आएका थिए। होम प्रोडक्सनको तेस्रो फिल्ममा अनुष्काले भाइ करनेशसँग मिलेर काम गरिरहेकी छन्। प्रोसित राय निर्देशित फिल्ममा अनुष्काका साथमा बंगाली फिल्मका कलाकार परमब्रता चटर्जी पनि देखिनेछन्।
फिल्म आउँदो मार्च २ तारिखमा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।