• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कोशीपीडितको रिले अनसन : एक महिनासम्म पनि सरकार मौन

‘सरकार मोफसलको आवाज सुन्नै नसक्ने भएको हो?’
64x64
नेपाल लाइभ आइतबार, भदौ २९, २०७६  २०:०९
1140x725

राजविराज– ६५ वर्षअघिको कोशी सम्झौता कार्यान्वयन गर्न माग गर्दै सप्तरी, सुनसरी र उदयपुरका किसानहरु कोशी ब्यारेजको पूर्वी कन्ट्रोल रुम अगाडि एक महिनादेखि रिले अनसन बसेका छन्। तर, सरकार र सम्बन्धित निकायले उनीहरुको माग सुनुवाइ गरेको छैन।

सप्तकोशी नदीमा पुल निर्माणका कारण कटान र डुबानमा परेको जग्गाको क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनुपर्ने उनीहरुको मुख्य माग छ। सरकारलाई दबाब दिने उद्देश्यले सुरु भएको रिले अनसनमा दैनिक १० देखि २० जना किसान सहभागी हुन्छन्। आज (आइतबार) एक महिना पूरा हुँदा करिब ६ सय किसान रिले अनसनमा सहभागी भइसकेका छन्।

अनसन स्थलमा आउने–जाने र भेट गर्ने सर्वसाधारणको हिसाब हुन छोडिसक्यो। तर, किसानको आन्दोलनप्रति समर्थन र सद्भाव भने बढ्दै गएको छ। विभिन्न राजनीतिक दलका नेता÷कार्यकर्ता, संघसंस्थाका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि तथा समर्थक र शुभचिन्तकहरु अनसन स्थलमा पुग्छन्, सकेको सहयोग गर्छन् अनि उत्साह थप्छन् र फर्किन्छन्।

तर, रिले अनसनले एक महिना पार गर्दासमेत सरकारका तर्फबाट किसानको आन्दोलनका बारेमा खोजखबर समेत भएको छैन। सम्झौतामा उल्लेख भएको कुरा माग गर्दा समेत सरकारले सौतेलो व्यवहार गरेको भन्दै किसानहरु चिन्तित छन्।

‘हामीले प्रदेश १ र २ तथा संघीय सरकारलाई पनि आन्दोलनको बारेमा जानकारी गराएका छौं,’ कोशी नदी कटान डुबान पीडित संघर्ष समिति सप्तरी, सुनसरी र उदयपुरका संयोजक महिदेव चौधरी भन्छन्, ‘तर, अहिलेसम्म हाम्रो बारेमा कसैले एक शब्द बोलेको पनि सुनेको छैन।’

भारत सरकाले दिनुपर्ने मुआब्जा र क्षतिपूर्तिका विषयमा पनि नेपाल सरकारले बोल्न र पहल गर्न नसक्नु किसानहरुको दुर्भाग्य भएको उनले बताए। ‘सुनसरीको कुशाहा हुँदै भारत निस्कने खोलो हाम्रो जग्गाबाट बगाइयो’ उनले थपे, ‘सरकारले किसानलाई भरथेग गर्नु त परको कुरा, योगदानको मूल्यांकनसम्म गरेन।’

आन्दोलनप्रति सरकारले स्पष्ट धारणा नराख्दा आफूहरु थप चिन्तित भएको उनले बताए। ‘किसानले अधिकार माग्नु गलत हो भने सरकारले भन्दिनु प¥यो,’ चौधरीले थपे, ‘आफ्नै देशका नागरिकप्रति सरकार यति साह्रो असंवेदनशील भएर बस्न पाईंदैन।’

सरकारले रिले अनसनप्रति बेवास्ता गरिरहे दोस्रो चरणको आन्दोलन घोषणा गरेर माग सम्बोधन गर्न बाध्य पार्ने उनले चेतावनी दिए। ‘हामीले आन्दोलन सुरु गरिसक्यौ‌ं। सरकारले चाँडै कुरा सुन्ला र प्रक्रिया अघि बढाउला भन्ने थियो,’ उनले भने, ‘तर, प्रधानमन्त्री र मन्त्रीहरु थाहै नपाए झैं गरेर बसेका छन्। यसको नतिजा राम्रो हुँदैन।’ सरकारले बेवास्ता गरे आन्दोलनको स्वरुप परिवर्तन गर्न आफूहरु बाध्य हुने उनको चेतावनी छ।

nimb
nimb
Ncell 2
Ncell 2

२०११ वैशाख १२ गते (२५ अप्रिल १९५४) पुल र बाँध निर्माणका लागि नेपाल–भारतबीच १ सय ९९ वर्षे सम्झौता भएको थियो। योजना सञ्चालन भएका कारण कटान र डुबानमा परेको जमिनको मुआब्जा नेपाल सरकारको सिफारिसमा भारत सरकारले उपलब्ध गराउने उल्लेख भए पनि नेपाल सरकारले नै बेवास्ता गरेको संघर्ष समितिका संयोजक चौधरीको आरोप छ। 

भारत सरकार मुआब्जाको रकम दिन तयार रहे पनि आफ्नै सरकारले पहल नगर्दा आफूहरु पीडा बोकेर बस्न बाध्य भएको उनी बताउँछन्। 

सन् १९६४ मा कोशी ब्यारेजको निर्माण पूरा भएको थियो। पुल र बाँध निर्माणका कारण सुनसरीको चतरादेखि सप्तरीको कुनौली बोर्डरसम्म दुवै साइडको तटबन्धभित्र पर्ने ४८ हजार ६ सय ९५ बिघा ३ कठ्ठा १७ धुर जग्गा कटान र डुबानमा परेको तथ्यांक छ। त्यसबापत पाउनुपर्ने मुआब्जा हालसम्म पनि नपाएको पीडितहरु बताउँछन्।

संघीय सांसद, प्रदेश मन्त्री र पार्टी अध्यक्षको समर्थन, सरकार मौन
किसानको आन्दोलनमा सत्तापक्षीय नेकपाका प्रभावशाली नेता तथा संघ र प्रदेश सभाका सदस्यहरुले पनि समर्थन जनाएका छन्। 

राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, प्रतिनिधि सभा सदस्य सरीता गिरी, प्रदेश २ को प्रतिपक्ष दलका नेता सत्यनारायण मण्डल, प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, प्रदेश सभा सदस्य गोविन्द न्यौपाने र रुवि कर्ण, मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्त, पूर्व सभाषद् मानपुर चौधरीलगायतले अनसनल स्थलमै पुगेर किसानको मागप्रति समर्थन जनाए।

जसमध्ये प्याकुरेल नेकपाका प्रभावशाली नेता हुन् भने सत्यनारायण मण्डल नेकपाको प्रदेश २ का इन्चार्ज पनि हुन्। 

यसैगरी, पूर्व गृहराज्यमन्त्री रामकुमार चौधरी, नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश १ को संसदीय दलका नेता राजीव कोइराला, प्रदेश सभा सदस्य तथा मुख्य सचेतक केदार कार्की, कांग्रेसका नेता तथा पूर्व मन्त्री सीताराम महतो नेता तथा प्रदेश १ का सांसद ज्ञानेन्द्रबहादुर कार्की लगायतले पनि किसानको आन्दोनलमा समर्थन जनाएका छन्।

प्याकुरेल, सरिता गिरी, सीताराम महतोले किसानको आन्दोलनप्रति संसद्मा सरकारको ध्यानाकर्षण समेत गराएका छन्। तर, त्यसलाई पनि सरकारले सुनुवाइ गरेको छैन।

गिरीले भदौ २६ गते विशेष समय लिएर प्रतिनिधि सभामा कोशी पीडितको समस्या उठाइन्। पुल निर्माणका कारण सुनसरीको चतारादेखि सप्तरीको कुनौली बोर्डरसम्म हजारौं बिघा जग्गा कडान÷डुबानमा परेको र त्यसको क्षतिपूर्ति र मुआब्जा नपाउँदा किसानहरु मागेर खाने अवस्थामा पुगेको उनको भनाइ छ।

‘सम्झौता अनुसार नेपाल सरकारको सिफारिसमा भारत सरकारले क्षतिपूर्ति र मुआब्जा दिने हो। तर, दिने र दिलाउने दुवै पक्ष गम्भीर देखिएका छैनन्,’ उनको भनाइ थियो, ‘नेपाल सरकारले यस विषयमा पहल गरोस्।’

कांग्रेस नेता अर्जुननरसिंह केसीको ट्विट
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भदौ २० गते नै ट्विट गर्दै कोशीपीडितको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।

‘२२ दिनदेखि कोशीपीडित संघर्ष समिति ब्यारेजमा २४ घन्टे रिले अनसनमा छ, कोशी संयुक्त समिति, नेपाल भारत दुवै देशका परराष्ट्र र सिंचाई मन्त्रीहरुबीच भएको सम्झौताको कार्यान्वयनका लागि। के सरकार सत्याग्रही र मोफसलका आवाज सुन्नै नसक्ने बहिरो भएको हो? तत्काल सम्वाद गरी जायज माग पूरा गर,’ केसीले ट्विट गरेका छन्।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०७६  २०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ?
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन मंगलबार, असार २, २०८३
मन्त्री लम्साललाई बासनाको प्रश्न- जिम्मेवारीमा बसेर भौतिक कारबाही गर्छु भन्ने ? मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ मंगलबार, असार २, २०८३
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्