एजेन्सी– रणवीर सिंह र दीपिका पादुकोण आफ्नो प्रेम सम्बन्धलाई लिएर कहिल्यै पनि केही बोल्न चाहँदैनन्। तर उनीहरु प्राय: एक अर्कासँगै देखिन्छन्।
उनीहरुको सम्बन्धका बारेमा भारतीय मिडियाले पनि उतिकै प्राथमिकताका साथ लेख्ने गरेका छन्।
आजतकका अनुसार दीपिकाले रणवीरसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहन्छिन् साथै यसै वर्ष लगनगाँठो समेत बाँध्ने तयारी उनीहरुको छ।
२०१८ को मध्यदेखि अफएयरमा रहेको सम्बन्धलाई उनीहरुले औपचारिकता दिने भएका हुन्। समाचार अनुसार उनीहरुको विवाह पार्टी मुम्बई र दीपिकाका परिवार रहेको स्थान बैङलोरमा हुनेछ।
यस विषयमा दीपिकाले केही समयअघि एक अन्तवार्तामा आफ्नो बिहेका सम्बन्धमा कुरा चुहाएकी थिइन्। 'बिहेको बारेमा पछि के हुने हो, मैले धेरै सोचेकी छैन,’ उनले भनेकी थिइन्।
दीपिका र रणवीरको व्यक्तिगत जीवनबाहेक उनीहरुको सार्वजनिक जीवन पनि लोभलाग्दो छ। उनीहरु दुवैको अभिनय रहेको 'पद्मावत' यतिबेला दर्शकको निकै माया पाइरहेको छ।
रणवीर अहिले फिल्म सिम्बा र गुलीबोईको सुटिङमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।