• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सन्तपुर बस्तीकी रामकली : जसको जीवनमा १०६ वर्षपछि उदायो खुसी

64x64
नेपाल लाइभ बिहीबार, माघ २५, २०७४  ०६:३२
1140x725

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ को मुसहर बस्तीमा रामकली देवी हजारा पासवानले दशकौं घाम–पानी खेपिन्। त्यो घाम–पानी जीवन भोगाइ र प्रकृति दुवैको थियो। 

रामकलीले बल्ल यो उमेरमा आएर ‘भगवान्’ भेटिन्, जसले उनलाई बस्नका लागि भरपर्दो घर दिलाए। बाल्यकालदेखि देखेको सपना १०६ वर्षमा आएर पूरा हुँदा उनी दंग छिन्। उनको सपना पूरा गरिदिने भगवान् हुन्, सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)।

सन्तपुर नमुना एकीकृत बस्तीमा मंगलबार उनीसँगै ४७ परिवारका लागि निर्मित घरहरुको साँचो हस्तान्तरणपछि नयाँ घरमा सर्न आतुर रामकलीको अनुहार खुसीले धपक्क बलेको देखिन्थ्यो। 

फर्केर हेर्दा फुसले छाएको र माटोले लिपेको सानो झुपडीमा रामकलीसँग नमीठा अनुभव मात्र छन्। चैत–बैशाखको हुरी होस् या हिउँदको शीतलहर, उनले त्यही झोपडीमा बिताइन्। वर्ष बिराउँदै आउने बाढी र डुबानका चोटहरु पनि नियमित नै थिए।

त्यो चोटमाथि पारिवारिक बज्रपात पनि सानो थिएन। 

सानै उमेरमा विवाह गरेकी उनले ४ छोरी र १ छोरालाई जन्म दिएको केही समयमै श्रीमान् गुमाइन्। ज्याला र मजदुरी गरेर गाँसको जोहो गर्ने सारथी गुमाउँदा पनि उनले जेनतेन घर–व्यवहार सम्हालेर छोरा–छोरीको बिहेबारी समेत पार लगाइन्। यस्तैमा उनले एकमात्र छोरो पनि गुमाउनुपर्‍यो। 

पति र छोरा गुमाएर दुवै हात भाँचिएपछि उनले परिवारलाई २ गाँस खुवाउन अनेक संघर्ष गरिन्। त्यस्तो स्थितिमा उनले एउटा ढुक्कको घर बनाउने सपना त परको कुरा, चाडपर्वमा मुख फेर्न मीठो मसिनो खुवाउने र सन्तानलाई शिक्षाको उज्यालो दिने सोच र हिम्मत समेत जुटाउन सकिनन्। 

नाति राजाराम हजारा र नातिनी बुहारी सुगन्धीदेवी हजारासँग बस्दै आएकी रामकलीले  गत वर्षायाममा ठूलो क्षति बेहोरिन्। वर्षाले तराई जलमग्न हुँदा रामकली जस्तै कैयौं गरिबको बास उजाडियो। बाढीबाट रामकलीसहित सन्तपुरका ४७ माझी परिवारको बस्ती एकाएक बगर बन्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रकृतिले दिने यस्तो अन्याय यहाँका बासिन्दका लागि नौलो भोगाइ पनि थिएन। उनीहरु पुर्पुरोमा हात राखेर शोखा शम्भुनाथ (भगवान् भरोसा) मै फेरि बाँच्ने मेलो कष्टपूर्वक अघि बढाउँथे। तर, यस पटक भने हास्य कलाकार धुर्मुस र सुन्तलीको परोपकारी दृष्टि परेपछि माझी बस्तीको मुहार फेरियो।

नवनिर्मित सुन्दर बस्तीमा घर नम्बर ४५ लेखिएको बोर्डमुनि हँसिलो चेहरामा नातिको परिवारसँग बसेकी रामकलीलाई यो खुसी कसरी साट्नुहुन्छ भनेर हामीले सोध्यौं।

उनले मातृभाषामा मन्द मुस्कानसाथ भनिन्, ‘यी दुई (धुर्मुस र सुन्तली) शोखा शम्भुनाथ बनेर हामीमाझ आए। अब दुखःका दिन सकिए।’ 

यसैमा थप्दै नातिनी बुहारी सुगन्धा भन्छिन् ‘अहिलेसम्म सबै कुराको समस्या थियो। भगवान् जस्ता धुर्मुस–सुन्तली आएर घर बनाइदिए। अब काम गर्दै बालबच्चालाई पढाउन सहज हुने भएको छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धुर्मुस र सुन्तलीले बाढी प्रभावित स्थानहरुमा उद्धार र राहत वितरण गर्ने क्रममा सन्तपुरवासीको पीडा देखेपछि सहयोग रकम जुटाउँदै गत असोज २८ बाट एकीकृत बस्ती निर्माण सुरु गरेका थिए। 

अनेक अवरोध छिचोल्दै धुर्मुस सुन्तली फाउन्डेसनले ४७ परिवारका लागि १ सय १५ दिनमा कुल ५ करोड ९४ लाख ८७ हजार ३ सय ९५ रुपैयाँको लागतमा बस्ती निर्माण गरी हस्तान्तरण गरेका हुन्। 

बस्तीमा वृद्धा रामकलीका आँखामा मात्र खुसी चम्किएको छैन, बस्तीका ९० बालबालिकाले आफ्नै ठाउँमा आधारभूत विद्यालय पाएर सपना देख्ने बाटो पाएका छन्।

सन्तपुर बस्तीका भगवान् बनेका धुर्मुस यो बस्तीको निर्माण सफलतापछि के भन्छन् त?

उनले उत्साहित हुँदै सुनाए, ‘हिजो मदिरा र कुलतले लट्ठ पर्नेहरु पनि आज धुर्मुस र सुन्तलीसँग मदिरा र कुलतमा कदापि नलाग्ने प्रण गरिरहेका छन्। हिजो नयाँ मान्छे आउँदा अप्ठेरो मानेर शिर झुकाउने बासिन्दा आज स्वागतका लागि आतुर देखिन्छन्।’

प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  ०६:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका'
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्