मुम्बई (एजेन्सी)– बलिउड अभिनेत्री प्रियंका चोपडाले हालै एउटा खुलासा गर्दै आफू कसैको प्रेममा रहेको बताएकी छिन्। फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा उनले एक वर्षअघि आफू ‘रिलेसनसिप’ मा रहेको तर अहिले एक्लो जीवन बिताइरहेको उल्लेख गरेकी छिन्।
प्रियंकाले पहिलो पल्ट आफ्नो निजी सम्बन्धको विषयमा खुलेर सुनाएकी हुन्। उनले जीवनमा एकपल्ट मात्र विवाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताइन्।
‘म साँच्चै सम्बन्धमा थिए। तर, यो एक वर्षअघिको कुरा हो। अहिले एक्लो छु’, उनले भनिन्।
उनले आफ्नो जीवनमा धेरै केटा साथी भएको र उनीहरूसँग ‘ह्याङआउट’ पनि गरेको बताइन्। उनले आफूलाई प्रभावित पार्न अरु केटाहरूलाई मौका दिने गरेको पनि बताइन्।
‘म लामो समयपछि एक्लो भएकी हुँ। मलाई धेरै ठाउँमा ‘अटेन्सन’ दिने गर्छन्। म केटी हुँ। त्यसैले मलाई यो मनपर्छ’, उनले भनिन्।
सन् २०१६ मै उनलाई विवाहको विषयमा सोधिएको प्रश्नमा उनले भनेकी थिइन्, ‘मेरो औंलामा जहिले रिङ हुन्छ, यसपछि खुलेर कुरा गर्नेछु।’
अहिले आफूसँग कसैले अधिकार जमाउन नसक्ने भन्दै उनले २०१७ को डेटिङको विषयमा जानकारी दिन अस्वीकार गरिन्। विवाहका लागि राम्रो केटा अनिवार्य भएको भन्दै उनले भनिन्- ‘यदि राम्रो केटा भेटे भने विवाह गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।