काठमाडौं- माओवादी केन्द्रका नेता रामबहादुर थापा 'बादल' राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएका छन्। प्रदेश नम्बर ३ बाट खुलातर्फका उम्मेदवार बनेका बादल ३ हजार ३ सय ९६ मतभारसहित विजयी भएका हुन्।
माओवादीले पार्टीभित्रका प्रभावशाली नेता थापालाई राष्ट्रिय सभामा लैजान गृहकार्य गरेको थियो। प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी नदिएका थापालाई राष्ट्रियसभामा लैजान वाम गठबन्धनका शीर्ष नेताले पहल गरेका थिए।
थापा माओवादी केन्द्रका संगठन प्रमुख समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।