काठमाडौं– अभिनेत्री शुष्मा कार्कीले नृत्य सिकाए बापतको पारिश्रमिक नदिएको भन्दै कोरियोग्राफर गम्भीर विष्टले फेसबुकमा स्ट्याटस लेखेका छन्।
कार्की लण्डन जानुअघि उनलाई नृत्य कक्षा लिएको तर पारिश्रमिक दिन आनाकानी गरेको भन्दै उनले फेसबुकमा नाम सार्वजनिक गरेका हुन् । केही दिनदेखि उनले एक नायिकाले पारिश्रमिक नदिएको भन्दै स्ट्याटस लेखेपनि बुधवार नाम सार्वजनिक गरेका हुन्।
उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘गत सेप्टेम्बरमा शुष्मा कार्की नृत्यका लागि लण्डन जानअघि नृत्य कक्षा, शिक्षक र म्युजिक सम्पादन समेतको व्यवस्था गरेको थिएँ । त्यसको पारिश्रमिक पटक–पटक माग्दा पनि दिनुभएन।’
पारिश्रमिक दिनुको सट्टा आफ्नो फोन, म्यासेजको पनि जफाव नदिएको भन्दै उनले स्ट्याटस लेख्न बाध्य भएको बताएका छन् ।
यस्तो छ उनको स्ट्याटस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।