काठमाडौं– अभिनेता सलमान खानले आफू नेपाल आउने पक्का भएको जनाउ दिन ट्वीट गरेका छन् । ‘दबंग–द टुर’मा नेपाल आउन लागेका उनले बुधबार बिहान ट्वीट गर्दै भने, ‘नेपाल अब आपकी बारी, स्वाग से स्वागत नही करोग हमारा ?’ उनको हालै रिलिज फिल्म 'टाइगर जिन्दा हे' को गीत 'स्वाग से करेंगे सबका स्वागत'लार्इ जोडेर उनले यस्तो लेखेका हुन्।
‘दबंग द टुर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन्। उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन्।
सलमानको सांगीतिक कार्यक्रम फागुन २६ मा टुँडिखेलमा हुनेछ। आयोजक ओडिसीले कार्यक्रममा सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास व्यक्त गरेको छ।
ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले नेपाल लाइभसँग भने, ‘सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुनेछ। कार्यक्रमका लागि हामीले १२ करोड रुपैयाँ बजेट छुट्याएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।