काठमाडौं– मंगलबार बेलुका मुलपानी क्रिकेट ग्राउण्डको छेउमा हत्या गर्ने व्यक्ति पक्राउ परेका छन्। खोटाङका राजन कटवाललाई प्रहरीले पक्राउ गरेको हो।
उनले विवाद हुँदा चिर्पट र ढुङगाले हानेर मंगलबार बेलुका मुलपानीमा साुन मगर नामक व्यक्तिको हत्या गरेका हुन्। उनीहरु दुवै जना ज्यामी काम गर्दै आएका थिए।
१ महिनाअघि उनीहरुबीच चिनजान भएको थियो। काम पनि सँगै गरेकोमा विवाद भएपछि छुट्टाछुट्टै काम गर्न थालेका थिए। जातको विषयलाई लिएर उनीहरुबीच झगडा भएको प्रहरीले जनाएको छ।,
मृतकको आफन्तसँग सम्पर्क नभएकाले उनको वास्तविक नाम समेत पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।