धनगढी- प्रदेश ७ बाट राष्ट्रियसभा सदस्यमा माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका छन्। अल्पसंख्यक वा अपांग समूहबाट उम्मेदवार बनेका महराले ३ हजार ७ सय ८ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका चेतराज जोशीले भने १ हजार ९०८ मत प्राप्त गरेका छन्।
प्रदेश ७ मा महिला ३ र अन्य समूहका ३ गरी ६ पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। यो प्रदेशमा अब दलित १ जना निर्वाचित हुन बाँकी छ।
प्रदेश ७ मा निर्विरोध निर्वाचित भएकाहरु-
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)
बद्रीप्रसाद पाण्डे (कांग्रेस)
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।