दाङ- राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ५ बाट एमालेका रामलखन चमार निर्वाचित भएका छन्।
दलित सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवार चमार कांग्रेसका मैकुललाल वाल्मीकीलाई पराजित गर्दै विजयी भएका हुन्। उनले ५ हजार ५ सय ८ मत ल्याए। पराजित वाल्मीकीले २ हजार ३ सय ७० मत ल्याएका थिए।
यस प्रदेशबाट ३ जना सदस्य निर्विरोध भएका थिए। तीन सदस्य र एक दलित सदस्यका लागि निर्वाचन भएको हो।
निर्विरोध निर्वाचित भएकाहरु-
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।