नयाँ दिल्ली (एजेन्सी)– सन्जय लिला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ ले रिलिजको १२ औं दिन ४ सय करोडभन्दा बढी कमाई गरेको छ। बक्स अफिसको रिपोर्टअनुसार रिलिजको दोस्रो सोमबार पनि फिल्मको कमाईमा कुनै गिरावट आएको छैन्।
अहिलेको व्यापारलाई हेर्दा ‘पद्मावत’ ले छिट्टै ५ सय करोडको कमाई गर्ने सम्भावना बढेर गएको छ।
‘पद्मावत’ ले शाहरुख खान अभिनित ‘चेन्नई एक्सप्रेस’ को कमाईलाई पनि पछाडि छोडेको छ। ‘चेन्नई एक्सप्रेस’ ले ३ सय ९६ करोड रुपैया कमाई गरेको थियो।
भारतीय सिनेमा उधोगमा तीन खान –आमिर, सलमान र शाहरुख) को फिल्मले प्रायः बढी कमाई गर्ने गर्छ। तर, तीन जनै कलाकार उपस्थित नभएको ‘पद्मावत’ ले राम्रो कमाई गरेको हो। २५ जनवरीमा रिलिज भएको यो फिल्म राजस्थान, गुजरात र मध्य प्रदेशमा विवादका कारण हालसम्म प्रदर्शन भएको छैन्। यी राज्यमा फिल्म रिलिज भएको खण्डमा यसको कमाई अझ बढ्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।