काठमाडौं- नेकपा एमालेले प्रदेश नम्बर ३ को मुख्यमन्त्री निर्वाचनबाट चयन गर्ने भएको छ।
बुधबार बसेको प्रदेश सचिवालयको बैठकमा मुख्यमन्त्रीका आकांक्षीहरुले निर्वाचनबाट दलको टुंगो लगाउनुपर्ने अडान राखेपछि प्रदेशको संसदीय दलको नेता चुनावबाट छानिने भएको हो। मुख्यमन्त्रीमा सहमति जुट्न नसकेपछि आगामी शुक्रबार बिहान ८ बजे प्रदेश संसदीय दलको बैठकपछि निर्वाचन गर्ने सहमति बनेको एमाले प्रदेश कमिटीले जनाएको छ।
सचिवालय बैठकले ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बिहान संसदीय दलको ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर निर्वाचन गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्रीका लागि प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीच मुख्य प्रतिस्पर्धा छ। काठमाडौंका पूर्व मेयर केशव स्थापित समेत मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।
प्रदेश ३ को प्रदेशसभा बैठक आगामी २७ गते बस्दै छ। सोही दिन सभामुख र भोलिपल्ट उपसभामुखको निर्वाचन गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।