नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेत्री इलियाना डिक्रुजको गणना लोकप्रिय कलाकारको रुपमा हुने गरेको छ। उनी आफ्नो व्यक्तिगत जीवन निजी राख्नेमा विश्वास गर्छिन्। केही वर्षयतादेखि अस्ट्रेलियन फोटोग्राफर एन्ड्रयु निबोनसँग उनको सम्बन्ध भएको बताइएको छ। यद्धपि उनले आफ्नो सम्बन्धको विषयमा खुलेर कुनै जानकारी दिएकी छैनन्। तर, गत वर्ष क्रिसमसको मौका पारेर इलियानाले एन्ड्रयुलाई आफ्नो श्रीमान सम्बोधन गर्दै इन्स्टाग्राममा तस्बिर पोष्ट गरेकी थिइन्।
यसले निकै हल्लीखल्ली मच्चिएको थियो। मंगलबार नयाँ फिल्म ‘रेड’ को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएकी इलियानासँग मिडियाले उनको विहेको कुरा उप्काएका थिए। ‘बिजनेश स्ट्यान्डर्ड’ पत्रिकाले प्रकासित गरेको रिपोर्टमा इलियानाले विहेको प्रश्न उठ्ने वित्तिकै खुलेर कुनै जवाफ दिइनन्। उनले भनिन्, ‘मलाई थाहा छैन, यो विषयमा के भन्ने भनेर। व्यवसायिक र निजी तवरले म राम्रो काम गरिरहेको छु। मलाई लाग्दैन, यस विषयमा कुनै जानकारी दिनुपर्छ भन्ने। मैले सधै आफ्नो व्यक्तिगत जीवनलाई निजी राखे। मलाई यो विषयमा कुरा गर्न मन पर्दैन। तर, सबै कुरा अगाडि नै छ।’
सन् २०१२ मा सार्वजनिक ‘बर्फी’ फिल्मबाट बलिउडमा डेव्यु गरेकी इलियानाले मिडियासमक्ष आफ्नो केटासाथीको विषयमा कुनै जानकारी दिइनन्। तर, उनको इन्स्टाग्राम एन्ड्रयुको फोटोले भरिएको छ।
इलियाना छिट्टै अजय देवगनसँग फिल्म ‘रेड’ मा देखा पर्दैछिन्। यसमा उनी इनकम ट्याक्स अफिसर बनेका अजयको श्रीमतीको भूमिकामा छिन्। अजयको इलियानासँग दोस्रो फिल्म हो। यसअघि उनले ‘बाहशाहो (२०१७)’ मा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।