काठमाडौं– काठमाडौंको मुलपानीमा एक व्यक्तिको हत्या भएको छ। कागेश्वरी मनहरा नगरपालिका–७ मुलपानी स्थित करिब ४० वर्षिय पुरुषको हत्या भएको हो। मृतकको नाम खुलेको छैन।
रगत लतपतिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा कसैले कुटपिट गरेको हुनसक्ने आशंका छ। मृतक ज्यामी काम गर्ने व्यक्ति भएको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।