डोटी- राष्ट्रियसभा सदस्यका लागि आज ६ वटा प्रदेशमा मतदान जारी छ। निर्वाचन आयोगका अनुसार सबै केन्द्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको छ।
६ वटा प्रदेशमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा मतदान भइरहेको हो। प्रदेश नम्बर ७ मा डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ६ मा रहेको पदम पब्लिक मुक्तिनारायण मावि भवन मतदान केन्द्रमा मतदान जारी छ।
प्रदेश न ७ मा कुल २२९ मतदाता मध्ये १६८ मत खसेको निर्वाचन अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।