नयाँ दिल्ली (एजेन्सी)– बलिउड नायिका सनी लियोनको पनि मोमको पुतला संग्रहालयमा राखिने भएको छ। दिल्लीस्थित मेडम तुसाद संग्रहालयमा अन्य चर्चित हस्तीसँगै उनको पुतला प्रदर्शनका लागि राखिन लागिएको हो।
लन्डनबाट आएका विशेषज्ञले सन्नीको नाप पनि लिइसकेका छन्। उनीहरूले सनीको २ सयभन्दा बढी नाप र तस्बिर पुतला बनाउन खिचेका छन्। सनीले आफ्नो पुतला संग्रहालयमा राख्ने निर्णयले आफू रोमाञ्चित भएको प्रतिक्रिया दिएकी छिन्। ‘मेरो पुतला राख्ने निर्णयका लागि मेडम तुसादप्रति आभारी छुँ’, सनीले भनिन्।
उनले आफ्नो पुतला हेर्न आतुर रहेको प्रतिक्रिया दिइन्। उनको मोमको पुतला वर्षको अन्त्यमा संग्रहालयमा प्रदर्शनीका लागि राखिने छ।
मर्लिन इन्टरटेनमेन्ट इन्डिया प्राइभेट लिमिटेडका महाप्रबन्धक तथा निर्देशक अन्सुल जैनले पनि सनीको ठूलो फ्यान फलोअर्स भएको र उनको प्रतिमूर्ती स्थापना गर्न पाउँदा खुसी लागेको बताए।
‘उनको लाखौं प्रसंसक सेल्फीका लागि संग्रहालयमा आउने आशा गरेका छौं,’ उनले भने। संग्रहालयमा केटरिना कैफ, माधुरी दीक्षित, करिना कपुर खान, सलमान खान, कपिल शर्मा र सचिन तेन्दुलकरजस्ता हस्तिको प्रतिमुर्ती राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।