विराटनगर- नेकपा एमालेको प्रदेश नम्बर १ को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ। एमालेका तीन नेता चुनावी मैदानमा
तीनै नेता प्रदेश सांसदहरुलाई आफ्नो पक्षमा पार्न गोप्य बैठकहरुमा व्यस्त हुन थालेका छन्।
सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो। सो पार्टीको विधान अनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ। तीनै नेता प्रदेश सांसदहरुलाई आफ्नो पक्षमा पार्न गोप्य बैठकहरुमा व्यस्त हुन थालेका छन्।
प्रदेश नम्बर १ मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन्।
यसैबीच प्रदेश नम्बर १ को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।