• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

राष्ट्र बैंक ऐन संशोधन विधेयक संघीय संसदमा, विदेशमा पनि शाखा खोल्न पाउने

तीनै तहमा आर्थिक तथा वित्तीय सल्लाहकार बन्न सक्ने
64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  १५:४४
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ। अर्थ मन्त्रालयले विधेयक दर्ता गरेको हो। 

विधयेकले संघीयताको मर्म तथा संघ, प्रदेश र स्थानीय तहका सरकारहरुको वित्तीय तथा आर्थिक पक्षमा राष्ट्र बैंकले भुमिका खेल्न सक्ने गरी नयाँ व्यवस्था गरेको छ।

ऐनको दफा ३ मा संशोधन गरी 'नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ भने बैंकले प्रत्येक प्रदेशमा आफ्नो शाखा कार्यालय स्थापना गर्न, आवस्यकताअनुसार नेपालभित्र र बाहिर जुनसुकै ठाउँमा शाखा तथा उपशाखा कार्यालय खोल्न र एजेन्ट नियुक्त गर्न सक्नेछ' भनी उल्लेख छ। यसअघि मुलुकबाहिर शाखा विस्तार गर्ने कुनै व्यवस्था थिएन। 

मूल ऐनको दफा ५ मा पनि संशोधन गरिएको छ। विधेयकमा राखिएको व्यवस्थाअनुसार नेपाल राष्ट्र बैंकले प्रदेश सरकारको बैंकर तथा वित्तीय एजेन्टको रुपमा काम गर्न सक्नेछ भने स्थानीय तहको बैंकरको रूपमा पनि काम गर्न सक्नेछ। 

मस्यौदाअनुसार मुल ऐनका दफा ९ मा पनि संशोधन प्रस्ताव गरिएको छ। 

दफा ९ मा थपिएको नयाँ व्यवस्थाअनुसार नेपाल सरकार वा प्रदेश सरकाले राष्ट्र बैंकसँग र राष्ट्र बैंकले संघ तथा प्रदेश सरकारसँग सम्बन्ध राख्दा अर्थ मन्त्रालयमार्फत् राख्नुपर्ने भन्ने नयाँ व्यवस्था राखिएको छ। 

प्रदेश सरकार वा स्थानीय तहको बैंकिङ कारोबारका सम्बन्धमा बैंकसँग सम्बन्ध राख्नु परेमा भने प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत् प्रदेशस्थित बैंकको कार्यलयसँग समन्वय गरी काम गर्नुपर्नेछ। 

ऐनको दफा १० को उपदफा ३ मा संशोधन गरिएको छ। राष्ट्र बैंकले अनुरोध गरेको खण्डमा संघ प्रदेश र स्थानीयसँगै सहकारी क्षेत्रले पनि बैंकलाई आर्थिक वित्तीय विषयमा आवश्यक सूचना उपलब्ध गराउनु पर्नेछ। यसअघि सहकारी तथा प्रदेश सरकार र स्थानीय तह ऐनमा समेटिएका थिएनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरी मूल ऐनको दफा १३ मा भएको संशोधनअनुसार अब राष्ट्र बैंकले प्रदेश सरकार र स्थानीय सरकारका खाता खोली संचालन गर्न सक्नेछ। 

नयाँ व्यवस्थाअनुसार ३५ वर्ष पूरा नभएको ६५ वर्ष नाँघेको व्यक्ति नेपाल राष्ट्र बैंकको गर्भनर हुन पाउने छैन। 

विधेयकले मूल ऐनको दफा २२ मा संशोधन प्रस्ताप गर्दै बैंकको कामकारबाहीमा अनावश्यक ढिलासुस्ती गर्ने वा निर्णय गर्नुपर्ने विषयमा बिलम्ब गरेमा गभर्नर, डेपुटी गभर्नर र संचालकहरु पदमुक्त  हुन सक्ने व्यवस्था राखेको छ।

मूल ऐनका दफा ३४ मा लेखा परीक्षण समितिसम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार समितिमा सम्बन्धित विषयको विज्ञ एक जना मात्रै रहने प्रावधान यसअघि रहेकोमा त्यसलाई २ जना बनाइएको छ। 

हालको व्यवस्थाअनुसार 'खुला बजार कारोबार संचालनका लागि बैंकले सम्झौता गरी नेपाल सरकारको तर्फबाट जारी गरिएको ऋणपत्र वा बैंकले जारी गरेको ऋणपत्र तत्काल खरीद बिक्री गर्न सक्नेछ' भनी उल्लेख थियो। तर विधेयकमा भएको नयाँ व्यवस्थाअनुसार अब प्रदेश सरकारले जारी गर्ने ऋणपत्रहरु पनि समेटिएको छ। 

मूल ऐनको परिच्छेद ८ को शीर्षक संशोधन गरी नेपाल सरकार तथा प्रदेश सरकारको सम्बन्ध भन्ने शीर्षक राख्ने प्रस्ताव गरिएको छ। 

मूल ऐनको दफा ६९ मा संशोधन गरी ‘नेपाल राष्ट्र बैंक नेपाल सरकारको आर्थिक विषयको सल्लाहकार, संघ र प्रदेश सरकारको वित्तीय एजेन्ट तथा तीनवटै तहको बैंकरको रुपमा काम गर्नेछ’ भन्ने नयाँ व्यवस्था राखिएको छ। 

दफा ७२ बमोजिम राष्ट्र बैंकले वित्तीय एजेन्टको कारोबार गर्दा नेपाल सरकारको सहमतिमा प्रदेश सरकारद्वारा जारी गरिएका ऋणपत्रको खरीदबिक्री, बजार व्यवस्थापन, हस्तान्तरण, अभिलेख र सो सम्बन्धी अन्य कारोबारहरु गर्न सक्नेछ भनी नयाँ प्रावधान राखिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्