मुम्बई (एजेन्सी)- फिल्म निर्माता राम गोपाल वर्माले सुपरस्टार रजनीकान्त भारतका प्रधानमन्त्री बनेमा भारत अमेरिका जस्तो महाशक्ति बन्ने बताएका छन्। उनले ट्विट गर्दै यस्तो उल्लेख गरेका हुन्।
वर्माले सोमबार ट्विटरमा लेखेका छन्, 'संसारमा करिब २ सय देशको बीचमा भारतको अवस्थाको कुरा गर्दा भारत २.० बाट २००.० मा परिणत भएर अमेरिका जस्तो महाशक्ति तब मात्र बन्नेछ, जब सुपरस्टार रजनीकान्त भारतका प्रधानमन्त्री बन्नेछन्।'
रजनीकान्तले ३१ डिसेम्बर २०१७ मा राजनीतिक पार्टी बनाउने र 'आध्यात्मिक राजनीति'को अनुसरण गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए।
निर्माता वर्माले हालै मात्र अमेरिकी पोर्न स्टार मिया माल्कोवासँग मिलेर 'गॉड, सेक्स एन्ड ट्रुथ' फिल्म बनाएका छन्। जनवरीमा एक सामाजिक कार्यकर्ताले उनीमाथि अश्लीलता फैलाएको भन्दै मुद्दा हालेका थिए।
उनीमाथि अश्लीलतालाई विद्युतीय माध्यमबाट प्रसारित गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।