उदयपुर– रोग निको हुने ग्यारेन्टी दिएर ठगी गरेको आरोपमा पक्राउ परेका एक चिकित्सक र क्लिनिक संचालक छुटेका छन्। उदयपुरको त्रियुगाको मोतिगडामा आयुस आर्युवेदिक क्लिनिक चलाउने बाबुराम कार्की र चिकित्सक सुजित यादब पक्राउपछि छुटेका हुन्। उनीहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो।
पायल्सका एक बिरामीलाई निको पारिदिने ग्यारेन्टी दिएर कार्कीले २१ हजार रुपैयाँ लिएका थिए। तर, रोग निको नभएको भन्दै बिरामीले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। ‘उजुरी आएपछि पक्राउ गरेका हौं,’ एसपी भट्टले भने,‘पछि पीडितले नै जाहेरी दिन नमानेपछि उनीहरु छुटेका छन्।’ अनुसन्धानको क्रममा क्लिनिक दर्ता भएको र चिकित्सकको पनि सर्टिफिकेट भएकाले उनीहरुलाई छाडिएको प्रहरीले जनाएको छ।
पायल्स, फिस्टुला, हाइड्रोसिल जस्ता रोग शत प्रतिशत निका पार्ने भन्दै सो क्लिनिकले सुरुमै पैसा लिने गरेको थियो। पछि पैसा फिर्ता गर्न तयार भएपछि उनी छुटेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।