नयाँदिल्ली– अभिनेता ऋतिक रोशनले आफ्नो आगामी फिल्मको लुक्स सार्वजनिक गरेका छन्। मंगलबार ट्वीटरमा उनले यात्रा सुरु भयो भन्दै आफ्नो तस्विर सार्वजनिक गरेका हुन् । जहाँ उनी लामो असरल्ल कपाल र दाह्रीमा देखिएका छन्।
'सुपर ३०' भारतीय गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित छ। विकास वहालले फिल्मको निर्देशन गर्दैछन्। आनन्द कुमार त्यस्ता व्यक्तिको नाम हो जो पटनामा बसेर हरेक वर्ष ३० जना गरिब जेहेन्दार विद्यार्थीलार्इ इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको प्रवेश परीक्षाका लागि तयार गर्छन् ।
उनले यसरी छानेर तयार पारेका विद्यार्थीमध्ये अधिकांसले सफलता हासिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।