काठमाडौं– फिल्म ‘डमरुको डन्डिबियो’को पहिलो पोस्टर सार्वजनिक भएको छ । अभिनेता खगेन्द्र लामिछानेले डन्डिबियो बोकिरहेको तस्बिर राखिएको पोस्टर सार्वजनिक गरिएको हो।
‘नोभेम्बर रेन’, ‘क्लासिक’ र ‘डायरी’ फिल्मका लेखक छेतेन गुरुङले फिल्म निर्देशन गरेका हुन्। अभिनेता लामिछानेलार्इ फिल्मको चरित्रकै रुपरंगमा पाेस्टरमा देखाइएकाे छ।
लामिछानेले नै लेखेको फिल्ममा उनीसँगै मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन्।
सम्बृद्धि इन्टरटेन्मेन्टले निर्माण गरेको फिल्मको सिनेमाटाग्राफी हरि हुमागाईँले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।