मुम्बई (एजेन्सी)– हिन्दी सिनेमा उधोगमा लामो समयदेखि कार्यरत अभिनेत्रीको नाम हो, करिना कपुर खान। हालै उनले एउटा कार्यक्रममा आफू १८ वर्षदेखि हिन्दी फिल्मसँग जोडिएको र अझै दुई दशकसम्म जोडिन चाहेको बताएकी छिन्।
सन् २००० मा ‘रिफ्युजी’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी करिनाले ‘जब वी मेट’, ‘कभी खुसी कभी गम’, ‘तलाशः द हन्ट बिगेन्स’, ‘युवा’ , ‘ओमकारा’ र ‘उडता पन्जाब’ जस्ता सफल फिल्ममा काम गरिसकेकी छिन्।
‘बलिउडमा अहिलेसम्मको यात्रा सम्मानजनक रहयो। यहाँ काम गरेको १८ वर्ष बितिसकेको छ र यात्रा अझै जारी छ,’ उनले भनिन्। सन् २०१६ मा आमा बनेपछि करिना आगामी फिल्म ‘वीरे दि वेडिङ’ मा देखा पर्दैछिन्। यसमा सोनम कपुर, स्वरा भास्कर, शिखा तल्सानियाले उनको सहयोगीको रुपमा काम गरेका छन्।
फिल्म १ जुनमा रिलिज हुँदैछ। उनले यो फिल्मबाट आफू निकै उत्साही रहेको बताइन्। फिल्म ४ साथीहरूको कहानीमा आधारित छ। फिल्ममा महिला कलाकारका साथै निर्देशक पनि दुई महिला छन्।
करिना गत आइतबार ल्याक्मी फेशन विकमा डिजाइनर अनामिका खन्नाले बनाएको पोसाकमा देखापरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।