काठमाडौं– दृष्टिविहीन युवती सृष्टि केसीको जीवनी आधारित फिल्म ‘ब्लाइन्ड रक्स’को ट्रेलर सार्वजनिक भएको छ । सृष्टिको भूमिकामा अभिनेत्री बेनिशा हमाल देखिएकी छिन् । मिलन चाम्स निर्देशित फिल्ममा अर्पण थापा र गौरी मल्लले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । १४ वर्षको उमेरमा अचानक आँखाको ज्योति गुमाउन पुगेकी सृष्टिले त्यसपछि गरेका संघर्ष र पाएका सफलता फिल्ममा देखाइनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।