काठमाडौं– सुटकेशमा लागेर चरेश तस्करी गर्न खोज्ने दुई युवक बालाजुमा पक्राउ परेका छन्। आइतबार प्रहरीले गोरखाका अमर तामाङ र रणबिर तामाङलाई बालाजुको बसन्तनगरबाट पक्राउ गरेको हो।
उनीहरुबाट २५ केजी चरेस बरामद गरेको हो। उनीहरुलाई ५ हजार रुपैयाँ दिएर एक समूहले उक्त चरेश कञ्चनपुर पठाउने जिम्मेवारी दिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी विश्वराज खड्काले बताए।
उनीहरुबाट प्रहरीले दुई वटा सुटकेश बरामद गरेको छ। एउटामा १२ र अर्काेमा १३ केजी चरेस बरामद भएको हो। गिरोहका मुख्य व्यक्तिहरुको खोजी भइरहेको डिएसपी खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।