काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति बन्न आफू तयार रहेको बताएका छन्।
इरानमा सम्पन्न आइक्याप स्थायी समितिको २९औं बैठकमा भाग लिएर मंगलबार काठमाडौं फर्किएका नेता खनालले पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्न तयार रहेको बताए।
विद्यादेवी भण्डारीले राष्ट्रपतिमा दोहोरिने इच्छा व्यक्त गरिरहेका बेला एमालेका वरिष्ठ नेता खनालले राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्या२उन राम्रो नहुने सो पदमा आफ्नो रुचि देखाएका छन्।
पदका लागि मरिहत्ते गर्ने पक्षमा भने नरहेको भन्दै नेता खनालले पार्टीले जिम्मेवारी दिए आफू अगाडि बढ्ने उल्लेख गरे।
‘पार्टीले मूल्यांकन गरेर दिएको जिम्मेवारी लिएर अगाडि बढ्ने मान्छे हुँ’, खनालले भने, ‘पदका लागि मरिहत्ते गर्दिनँ, तर जिम्मेवारी दिए अगाडि बढ्न तयार छु।’
एमाले र माओवादीबीच हुने भनिएको पार्टी एकता चाँडै निष्कर्षमा पुग्ने दाबी गर्दै नेता खनालले सैद्धान्तिक र सांगठिनक व्यवस्थापनमा गम्भीर रुपमा छलफल अघि बढेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।