जन्मेदेखि १८ वर्षमा जुन किसिमको उचाइ बढ्नुपर्ने हो त्यसमा सबभन्दा ठुलो भुमिका ग्रोथ हार्मोनको हुन्छ । जुन, पिटुट्युरी ग्रन्थीबाट निस्कन्छ । पिटुट्युरी ग्रन्थीलाई मास्टर ग्रन्थी पनि भनिन्छ । यसले शरीरलाई आवश्यक पर्ने धेरै हार्मोन उत्पादन गर्छ । पिट्ट्युरी ग्रन्थीमा कुनै कारण रोग लाग्यो भने ग्रोथ हार्मोनको कमी हुन्छ । जसबाट उचाई बढ्दैन । ग्रोथ हार्मोनको कमी भयो भने यसको इन्जेक्सन लगाएमा हार्मोनको उत्पादन हुन्छ । तर यो हार्मोनको इन्जेक्सन महंगो हुन्छ । बच्चा अवस्थामै थाइराइड भएमा वा राम्रोसँग उपचार नभएमा पनि उचाई बढ्न सक्दैन । त्यसैगरी पिटुट्युरी ग्रन्थीबाट हार्मोनको उत्पादन बढी भयो भने मानिसको उचाई बढी हुन्छ । बच्चा अवस्थामै उपचार गर्न सकेमा उचाई सामान्य हुनसक्छ । तर ढिला थाहा भयो भने यसलाई नियन्त्रण गर्न सकिदैन । तर ग्रोथ हार्मोन बढी भएर हुने अन्य असरलाई कम गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।