विराटनगर- नेकपा एमालेको प्रदेश नम्बर १ को संसदीय दलको नेता चयनका लागि सहमति हुन नसकेपछि माघ २६ गते निर्वाचन हुने भएको छ।
सो पार्टीबाट प्रदेश सांसदका रुपमा भोजपुरबाट निर्वाचित शेरधन राई, सुनसरीबाट निर्वाचित भीम आचार्य र मोरङबाट निर्वाचित जीवन घिमिरेले संसदीय दलको नेताका लागि दाबी गरेपछि निर्वाचन हुन लागेको हो। सो पार्टीको विधान अनुसार संसदीय दलका नेता नै मुख्यमन्त्री हुने प्रावधान छ।
प्रदेश नम्बर १ मा ९३ सांसदमध्ये ५१ जना एमालेबाट निर्वाचित भएका छन्।
यसैबीच प्रदेश नम्बर १ को संसदीय दलको नेता चयनका लागि सो पार्टीको इटहरीस्थित प्रदेश समिति सचिवालयले तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा चूडामणि आचार्य, टीकाराम पुरी र प्रेम पोखरेल छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।