ललितपुर– ललितपुरको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।
गोदावरी नगरपालिका–१२ थेचो बस्ने कृष्ण रेग्मीको घरबाट सोमबार नगद ३ लाख रुपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करीव ८ लाख १९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनँएको छ।
केही दिनयता राजधानीमा चोरीका घटना बढ्दै गएका छन्। खासगरी घरमा कोही नभएको बेला ताला फुटाएर चोरी हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।