मुम्बई (एजेन्सी) – बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान यतिबेला निकै चर्चामा छिन्। मुम्बईको धीरुभाई अम्बानी स्कुलमा १० कक्षाको पढाइ सकेर सुहाना अहिले लन्डनमा पढिरहेकी छिन्। उनी पनि आफ्नो बुवा जस्तै फिल्ममा काम गर्न चाहन्छिन्। स्कुलको विभिन्न समारोहमा उनले आफ्नो अभिनय कला पनि प्रस्तुत गरिसकेकी छिन्।
शाहरुख र गौरी छिब्बरले १९९१ मा विवाह गरेका थिए। उनीहरुबाट ठूलो छोरा आर्यनको जन्म १९९७ मा भएको थियो। सुहानाको जन्म २००० मा भएको थियो। शाहरुखले २०१३ मा सरोगेसीमार्फत अर्को छोरा अबरामको जन्म भएको घोषणा गरेका थिए।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।