सुनसरी– सुनसरीको एक होटलमा बलात्कार भएको छ । धरानस्थित संखुवासभा होटलमा बलात्कार भएको हो।
बलात्कार आरोपमा प्रहरीले खोटाङ दिप्रुङ गाउँपालिका–३ बस्ने २२ बर्षीय नबिन राईलाई प्रहरीले पक्राउ गरेको छ। राईले गत पुस १३ गते धनकुटाको चौबिसे गाउँपालिका–५ घर भई सुनसरीको धरान उपमहानगरपालिका–१६ बस्ने २० बर्षीया युवतीलाई संखुवासभा होटलको कोठा नम्बर १०२ मा लगेर जवर्जस्तीकरणी गरेको उजुरी सोमबार परेपछि राईलाई पक्राउ गरिएको इप्रका धरानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।