काठमाडौं– २३ वर्षअघि सिन्धुपाल्चोकमा हत्या गरी फरार रहेका एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ६ बस्ने उरसिंह भन्ने भिम बहादुर तामाङ शनिबार काठमाडौंमा पक्राउ परेका हुन्। २०५१ सालमा उनी एक व्यक्तिको हत्यामा संलग्न भई फरार भएका थिए। अदालतले समेत उनलाई दोषी ठहर गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उनलाई थानकोट प्रहरीको सहयोगमा दहचोकबाट पक्राउ गरेको हो। अदालतमा पेश गरिएकोमा उनी जेल चलान भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।