काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले रु १० हजार घुससहित यातायात कार्यालयका खरिदार यामबहादुर केसीलाई पक्राउ गरेको छ।
महाशाखाले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ट्रायलका लागि खटिएका खरिदार केसीलाई घुससहित नेशनल ट्रेडिङ लिमिटेड बग्गीखानाबाट पक्राउ गरको हो।
खरिदार केसीले भक्तपुरका सुनिल गोर्खालीलाई सवारी अनुमतिपत्र उपलब्ध गराउने भन्दै घुस लिई दुईपटक ट्रायल दिन लागेको अवस्थामा पक्राउ गरिएको महाशाखाका डिआईजी सर्वेन्द्र खनालले बताए । गोर्खालीले हेवी सवारी साधनको लाइसेन्स लिनका लागि केसीलाई १० हजार बुझाएका थिए।
केसीले फेल भएकालाई पनि पैसा लिएर ट्रायल पास गराउने सूचनाका आधारमा पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।