काठमाडौं– कमलादीको ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार प्रकरणमा जोडिएका महानगरीय प्रहरी वृत्त दरबारमार्ग वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई सोमबार गृह मन्त्रालयले निलम्बन गरेको छ। प्रहरी प्रधान कार्यालयको सिफारीसमा उनलाई निलम्बन गरिएको हो।
इन्सपेक्टर वा सो भन्दा माथिका अधिकारीको निलम्बन गर्ने अधिकार गृह मन्त्रालयलाई छ। सोही अनुसार प्रहरी मुख्यालयले गृहमा पठाएको छ। सई चन्द्र भण्डारीलाई प्रहरी मुख्यालयले नै निलम्बन गरीसकेको छ।
एक युवतीलाई माघ ७ गते ल्याण्डमार्क होटलमा चार युवकले बलात्कार गरेका थिए। युवतीले उजुरी गरेपछि चारै जनालाई पक्राउ गरी भोलीपल्ट मिलापत्र गरेर छाडिएको थियो। बलात्कार जस्तो घटना मिलापत्र गरेको बाहिरिएपछि छानबिन गरी उनीहरुलाई निलम्बन गरिएको हो। वृत्तका डिएसपी तिलक भारतीलाई समेत हटाएर अनुसन्धान गरिएको छ। बलात्कारमा संलग्न चारै जना फरार छन्। उनीहरुका दुई जना सहयोगीलाई भने परिसरले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।