• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अनमोल केसी भन्छन्- कसैले मलाई शाहरुख जस्तो देख्नु मेरो लागि कम्प्लिमेन्ट

64x64
नेपाल लाइभ मंगलबार, माघ २३, २०७४  ०५:५९
1140x725

शहरमा चर्चा छ, अभिनेता अनमोल केसीको। सँगै चर्चा भइहाल्छ, रिलिजको तयारीमा रहेको फिल्म ‘कृ’को। 

‘स्टारडम’को अंकगणितमा नेपाली फिल्म क्षेत्रका एक नम्बर हिरो अनमोल नै हुन्। ‘फ्यान फ्लोइङ’, चर्चा–परिचर्चा र पारिश्रमिकका हिसाबले उनी अग्रपंतिमा छन्।  

निरन्तर सफल फिल्म दिँदै आएका उनी दुई वर्षपछि दर्शकमाझ आउने तयारी गरिरहेका छन् र दुई वर्षपछि नै देखिएका हुन् मिडियामा पनि। 

सोमबार बालुवाटारस्थित एक होटलमा भेटिएका उनको आँखामा एक खालको ‘कन्फिडेन्ट’ थियो। 

उनले सुरुमै भने, ‘अहिलेसम्म सबभन्दा धेरै मिहिनेत गरेको फिल्म हो। फिल्म गर्नुअघि एक वर्ष तालिममा बिताएको छु।’

आत्मविश्वासी देखिनुमा उनलाई आफ्ना तर्फबाट सक्दो राम्रो काम दिन सकेँ भन्ने लागेको रहेछ। त्यसैले फिल्म रिलिज मिति नजिकिँदै जाँदा अघिल्ला फिल्महरु आउँदा जस्तो मुटुको धड्कन तेज भइरहेको छैन उनको। बरु त्यो दिनलाई नेपाली फिल्म इतिहासको एउटा ‘मेला’ कसरी बनाउने भन्नेमा उनको ध्यान केन्द्रित छ।

आत्मविश्वासको एउटा कारण फिल्मको ट्रेलर रिलिजपछि सबैतिरबाट प्राप्त सकारात्मक प्रतिक्रिया। ट्रेलरको मुनि धेरैले लेखेका छन्, ‘मोस्ट अवेइटेड फिल्म।’

एक चकलेटी हिरोको एक्सन अवतारले योङस्टरहरुमा चासो बढाएकै छ। ट्रेलरमा उनका दुई रुप (लामो कपालवाला ग्याङस्टर र छोटो कपालवाला लभरब्वाइ) देखिएका छन्। 
कहीँकतै लाग्छन्– फिल्म ‘डन २’का शाहरुख खान। 

Ncell 2
Ncell 2
nimb
nimb

र, त्यही कुरा अनमोललाई भनियो। 

उनी हौसिए, ‘हो, शाहरुख खानको फ्लेभर छ? यसलाई म कम्प्लिमेन्टका रुपमा लिन्छु।’

उनी शाहरुखका ‘फ्यान’ रहेछन्। 

‘कसैले ममा कहीँकतै शाहरुखको झल्को देखिन्छ भन्यो भने म खुसी हुन्छु, तर म बन्न चाहिँ अनमोल केसी नै बन्छु’, उनी भन्दै गए, ‘उहाँको ठूलो फ्यान भए पनि कपी चाहिँ केही गर्दिनँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘किङ खान’बाट सिक्नुपर्ने कुरा भने धेरै रहेको उनले बताए।

‘अभिनय त भइहाल्यो, मिडिया ह्यान्डिलिङ उहाँबाट म अझ बढी सिक्न चाहन्छु’, उनले भने।

आफूलाई ‘स्टार’ बनाइराख्न मिडियाको भूमिका जरुरी रहेको उनले बुझिसकेका रहेछन्। आफूलाई सञ्चार माध्यममा कसरी प्रस्तुत गर्ने भन्ने कुरामा उनी सचेत छन्। अचेल उनी तौलेर बोल्न थालेछन्, तर कुरा नलुकाउने पुरानो बानी यथावतै रहेछ। उनलाई सञ्चारमैत्री बनाउनमा उनको बुवा भुवन केसीको ठूलो सहयोग छ। 

अघिल्ला फिल्महरु आउँदा घरमा भुवन आफैं पत्रकार बनेर अनमोलको अन्तवार्ता गर्थे। अघिल्लोपल्ट अनमोललाई भेट्दा यो रहस्योद्घाटन गरेका थिए। 

- सानो उमेरमै चर्चा छ। हिट छन्। उनलाई हिरो बनाउन लाखौं तिर्न तयार निर्माता छन्। फाइदै फाइदा छन् उनलाई।

लाग्नेलाई यस्तै लाग्दो हो। तर, सोमबारको बसाइमा उनले यसका बेफाइदा बताइदिए हामीलाई।

प्रश्न गरियो– बेफाइदा के त? 

‘साथीहरुसँगै भृकुटीमण्डप गएर खेल्न मन हुन्छ। फिल्म हेर्न जान रहर हुन्छ। क्लब जान मन लाग्छ। तर, जहाँ गए पनि फ्यानले घेरिहाल्छन्’, उनले भने।

जानैपर्ने ठाउँमा भेष बदलेर जान्छन्। उनलाई निरन्तर पछ्याउनेले त त्यसो गर्दा पनि चिन्छन्। त्यसकारण उनले आफूलाई खुम्च्याउनुपरिरहेको छ। 

पछिल्लो दुई वर्ष त अझ ‘गुप्तबास’ नै हुनुपर्‍यो उनले। किनभने उनी आफूलाई फरक लुक्ससहित फिल्ममा देखाउँदै थिए। लामो कपाल पालेको र जिमले सुगठित बनाएको शरीर ‘कृ’ले मागेको थियो। त्यसलाई लिक गर्न नहुने सर्त फिल्मका निर्देशक सुरेन्द्र पौडेलले तेर्स्याएका थिए।

अनमोलमाथि लगभग चार करोडको फिल्म बनाउने निर्माताद्वय सुवास गिरी र भुवन केसीको चाहना पनि यही थियो। उनलाई पनि मनासिव लाग्यो। त्यसपछि त झन् साथीभाइसँगका रमाइला र भेटघाट घटाउनैपर्ने भयो।

उनलाई सधैं डर हुन्थ्यो– कसैले मेरो नयाँ लुक्स लिक पो गरिदिन्छ कि ?

त्यसमा उनी सफल भए।

उनी जति धेरै लुक्दै गए, त्यति नै फ्यान र मिडियाले बढी खोज्न थाले। यसबाट उनलाई अर्को ठूलो सिकाइ भयो। त्यसैले उनी एकैचोटि फिल्म रिलिजको संघारमा देखिए। त्यसअघि देखियो उनको नयाँ रुप, फिल्मको ट्रेलरमा।

यो बीचमा उनले अनगिन्ती फ्यान भेटेका छन्। फ्यानका अनेक प्रकारका प्रेम दर्शाउने शैली देखेका छन्।

उनलाई सबैभन्दा धेरै प्रभावित पारेको भने केटी फ्यानको एउटा समूहले हो। उनीहरु अनमोल बस्ने ठाउँ खोज्दै आएका थिए। अनमोल घर बाहिर छन् भन्ने खबर पाउँदा एक झल्को हेर्नकै लागि राति अबेरसम्म कुरेका थिए।

‘मलाई यो हदसम्म माया गर्ने फ्यान पनि रहेछन् भनेर असाध्यै खुसी भएको थिएँ’, उनले उत्साहित हुँदै भने।

हो, यस्तै फ्यान अनमोलको नयाँ फिल्म कुरिरहेका छन्। अनमोलबाट त्यही स्तरको अभिनयको अपेक्षा पनि गरिरहेका छन्।

अनमोल निर्धक्क भन्छन्, ‘म उमेरले परिपक्व हुँदै गएको छु र मेरो काम पनि परिपक्व हुनुपर्छ भन्नेमा सचेत नै छु।’

यो सुझबुझ कायम राखेमा निःसन्देह अनमोल नयाँ पुस्ताका स्टार हुन्। लामो समय राज गर्न सक्छन्। 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्