काठमाडौैं– सुन्धाराको एक होटलमा प्रेमिबाटै युवती बलात्कारमा परेकी छिन्। बिहे गर्ने भन्दै एक सातासम्म होटलमा राखेर अशोक गुप्ता नामक युवकले बलात्कार गरेका हुन्।
कमलादीको होटल ल्याण्डमार्क एण्ड अपार्टमेन्टमा प्रेमीकै सहयोगमा सामूहिक बलात्कार घटनाको छानबिन भइरहेका बेला अर्काे बलात्कार प्रकरण बाहिर आएको हो।
गुप्तालाई महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको छ। सुन्धाराको होटल एसियनमा गुप्ताले प्रेमिकालाई बिहे गर्ने आश्वासन दिएर सम्बन्ध राखेका हुन्। पछि होटलबाट उनी भागेका थिए।
प्रेमीकाले फोन गर्दा आफुहरुले जात नमिल्ने भएकाले बिहे गर्न नसक्ने भन्दै गुप्ताले धोका दिएको र शारिरीक शोषण गरेको युवतीको उजुरी छ।
एक कम्पनीमा मेनेजरमा रुपमा कार्यरत गुप्ताले पक्राउ परेपछि युवतीलाई आर्थिक सहयोगको आश्वासन दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएको छ। जनसेवा वृत्तका डिएसपी मोहन थापाले गुप्तालाई बलात्कार मुद्दामा कारबाही अघि बढाइएको पुष्टि गरे।
गत माघ ७ गते ल्याण्डमार्क होटलमा एक २० वर्षिय किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। दरबारमार्ग प्रहरीको सहयोगमा मिलापत्र भएको थियो। जून प्रकरणको हाल छानबिन भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।