काठमाडौं– प्रहरीलाई घुस दिएर होटलमा बेश्यावृत्ति गर्न खोज्ने सुन्धाराका एक होटल संचालक पक्राउ परेका छन्। सुन्धाराको श्री गुरु होटलका संचालक चितवन घर भएका सुदिप न्यौपानेलाई महानगरीय प्रहरी वृत्त जनसेवाले पक्राउ गरेको हो।
प्रहरीले न्यौपानेलाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाएको छ। वृत्तका सई राजकुमार श्रेष्ठको कमाण्डमा प्रहरी टोली उनको होटलमा नियमित चेकजाँचमा गएको थियो। जस क्रममा उनले प्रहरीलाई जर्बजस्ती ५ हजार रुपैयाँ घुस दिन खोजेका थिए। स्रोतका अनुसार होटलमा जोडीहरु भएकाले उनले पैसा दिएका थिए।
चेकजाँच नगर्न अनुरोध गर्दै उनले घुस दिएका हुन्। घुस दिएर प्रहरीलाई प्रभावीत पार्न खोजेकाले उनलाई पक्राउ गरिएको वृत्तका डिएसपी मोहन थापाले बताए। केही महिनायता जनसेवा प्रहरीले सुन्धारा क्षेत्रका होटलहरुमा कडाईका साथ चेकजाँच गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।